कोशी प्रदेशमा ६१ प्रतिशत रोपाइँ सम्पन्न

विराटनगर । कोशी प्रदेशमा आजसम्ममा कुल ६१ दशमलव ६७ प्रतिशत रोपाइँ सम्पन्न भएको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गएको वर्ष यस अवधिमा ५५ दशमलव नौ प्रतिशत रोपाइँ भएको थियो ।
मन्त्रालयले दिएको जानकारीअनुसार कोशी प्रदेशमा ८ लाख २६ हजार ६ सय ४६ हेक्टर खेतीयोग्य जमिनमा दुई लाख ७६ हजार तीन सय ८६ दशमलव ७२ हेक्टर जग्गामा धानखेती हुने गरेको छ ।
मनसुनको सक्रियतासँगै अहिलेसम्म एक लाख ७० हजार चार सय ५० दशमलव ४२ हेक्टर जग्गामा धान रोपाइँ भएको मन्त्रालयका अधिकृत अभिमन्यु अधिकारीले जानकारी दिए ।
उनले प्रदेशको उच्च पहाडी क्षेत्र ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा ४४ दशमलव २५ प्रतिशत, मध्यपहाडी क्षेत्र इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, खोटाङ र उदयपुरमा ५६ दशमलव ६६ प्रतिशत तथा तराईका सुनसरी, मोरङ र झापामा ६४ दशमलव ८१ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिए ।














पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया