जनकपुरमा एक वडा एक पोखरी निर्माण तथा सौन्दर्यीकरण गरिने

काठमाडौँ ।जनकपुर उपमहानगरपालिकाले प्रत्येक वडामा एक वडा एक पोखरी निर्माण तथा सौन्दर्यीकरण गर्ने नीति सार्वजनिक गरेको छ ।
उपमहानगरपालिकाको १२औँ नगरसभामा उपमहानगरपालिकाद्वारा आर्थिक वर्ष २०८१/८२ का लागि आज नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सडकमा पार्किङ व्यवस्था गर्ने, मैथिली भाषा साहित्य प्रवद्र्धनका लागि मिथिला सांस्कृतिक प्रतिष्ठान गठन गर्ने, एक वडा एक खेलको अवधारणाअनुसार खेलकुद पूर्वाधार निमार्ण गर्ने एवं प्रत्येक दुई वर्षमा बृहत् खेलकुद महोत्सव आयोजना गरिने र प्रत्येक वर्ष शैक्षिक मेलाको आयोजना गरिने उल्लेख गरिएको छ ।
साथै उपमहानगरपालिकाकाले रु ३० लाखसम्मको करदाताको सम्पत्ति करमा ३४ प्रतिशत छुट दिने, आर्थिक वर्षको पहिलो त्रैमासिकभित्र सम्पत्तिकर बुझाउने पुरुषलाई पाँच प्रतिशत तथा महिलालाई १० प्रतिशत छुट दिने तथा अनलाइनबाट कर तिर्ने प्रणाली स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सो नीति तथा कार्यक्रममा जनकपुरधामलाई सफा, स्वच्छ, सुन्दर तथा सुसंस्कृत बनाउने उद्देश्यसहित बृहत् सेनेटरी ल्यान्डफिल साइट स्थापना गरेर सञ्चालनमा ल्याइने र नगरभित्र विभिन्न स्थानका फोहर सङ्कलन केन्द्र राखिने बताइएको छ ।
लामखुटे नियन्त्रणका लागि विशेषज्ञहरुसँग सल्लाह गरेर अगाडि बढाइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सो नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको उपमहानगरपालिकाले जनाएको छ ।















राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
सुनचाँदीको मूल्य वृद्धि
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया