आज काठमाडौँका यी स्थानमा ३ देखि ६ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौँ । आज काठमाडौँका यी विभिन्न स्थानमा तीनदेखि ६ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको सिंहदरवार २ फिडर र टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत विद्युत् अवरुद्ध हुने भएको हो।
सिंहदरवार २ फिडर अन्तर्गत पर्ने सिंहदरवार परिषरभित्रका सबै मन्त्रालय, सिंहदरवारको दक्षिणी गेट बाहिर जिल्ला समन्वय समिति क्षेत्र लगायतका स्थानहरूमा अपराह्न ३ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् अवरुद्ध हुने छ।
ती क्षेत्रमा नयाँ लाइन जोड्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
त्यस्तै टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सबस्टेशनबाट पचली भैरव, उद्योग वाणिज्य महासंघ, टेकुचोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपरमार्केट मार्केट अगाडिसम्म टेकु वंशीमार्ग, सुकुम्वासी बस्ती जाने बाटो लगायतका क्षेत्रहरूमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।
समयअगावै काम सकिएको अवस्थामा निर्धारित समय अगाडि नै विद्युत् सेवा सुरु गरिने प्राधिकरणले जनाएको छ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया