आज काठमाडौँका यी स्थानमा ३ देखि ६ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौँ । आज काठमाडौँका यी विभिन्न स्थानमा तीनदेखि ६ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको सिंहदरवार २ फिडर र टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत विद्युत् अवरुद्ध हुने भएको हो।
सिंहदरवार २ फिडर अन्तर्गत पर्ने सिंहदरवार परिषरभित्रका सबै मन्त्रालय, सिंहदरवारको दक्षिणी गेट बाहिर जिल्ला समन्वय समिति क्षेत्र लगायतका स्थानहरूमा अपराह्न ३ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् अवरुद्ध हुने छ।
ती क्षेत्रमा नयाँ लाइन जोड्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
त्यस्तै टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सबस्टेशनबाट पचली भैरव, उद्योग वाणिज्य महासंघ, टेकुचोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपरमार्केट मार्केट अगाडिसम्म टेकु वंशीमार्ग, सुकुम्वासी बस्ती जाने बाटो लगायतका क्षेत्रहरूमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।
समयअगावै काम सकिएको अवस्थामा निर्धारित समय अगाडि नै विद्युत् सेवा सुरु गरिने प्राधिकरणले जनाएको छ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया