आदिकवि भानुभक्तको सालिकमा माल्यार्पण

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीको अवसरमा दरबार हाईस्कुलमा रहेको उहाँँको सालिकमा माल्यार्पण गरिएको छ । नेपाल शिक्षा परिषद्को आयोजनामा आज बिहान आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति एवं वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेतीले आचार्यको सालिकमा माल्यार्पण गरे ।
भानुभक्तको सालिकमा माल्यार्पण गर्दै पूर्वउपकुलपति उप्रेतीले नेपाली भाषाको विकास गरी नेपालीलाई एकताबद्ध गर्न आदिकविको ठूलो योगदान रहेको बताए।
उनले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधारण र कालजयी रहेको उल्लेख गरे । नेपाल शिक्षा परिषद्की अध्यक्ष रमा शर्माले आदिकवि आचार्यलाई सम्पूर्ण नेपालीले सदैव स्मरण गर्नुपर्ने बताए।
विसं २०१६ मा नेपाल शिक्षा परिषद्ले दरबार हाईस्कुल अगाडि निर्माण गरेको भानुभक्तको सालिकको प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले अनावरण गरेका थिए । विसं २०१६ देखि यहाँ भानु जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरिँदै आएको परिषद्का सदस्य सचिव लक्ष्मण थापाले जानकारी दिए ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया