सभापति देउवाद्वारा प्रधानाङ्ग र राईको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति भक्तपुरका संस्थापक सभापति एवं पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानाङ्गको यही चैत २० गते ९६ वर्षको उमेरमा ललितपुरको एकान्तकुनास्थित आफ्नै निवासमा निधन भएको थियो ।
सभापति देउवाले सोमबार शोक विज्ञप्तिमार्फत उनको निधनबाट कांग्रेसले पुराना अग्रज व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् । सभापति देउवाले पार्टी सङ्गठन, नेपालको लोकतान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा प्रधानाङ्गले निर्वाह गरेको योगदान सदा स्मरणीय रहने उल्लेख गरेका छन् ।
स्वर्गीय प्रधानाङ्ग विसं २००७ देखि २०१० सालसम्म कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरको सभापति, २०१६ सालमा राष्ट्रिय योजना आयोगको सदस्य, २०४८ सालमा राष्ट्रिय सभाको सदस्य र विसं २०४८ देखि २०५० सालसम्म वाणिज्य तथा आपूर्ति राज्यमन्त्री भएका थिए ।
विसं २०१७ मा प्रजातन्त्र अपदस्थ गरिएपछि कांग्रेसद्वारा सञ्चालन गरिएको सङ्घर्षका क्रममा उनी पक्राउ परी करिब एक वर्ष जेल जीवनसमेत व्यतित गरेका थिए । त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म प्राध्यापनसमेत गरेका प्रधानाङ्गले राजनीतिका साथै सामाजिक क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्याएका थिए ।
यसैगरी सभापति देउवाले सोमाबार नै कांग्रेस ताप्लेजुङका पूर्व उपसभापति एवं तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) ताप्लेजुङका पूर्वसभापति डीबी राईको निधनप्रति पनि दुःख व्यक्त गरेका छन् । उनको यही चैत २२ गते उपचारका क्रममा झापा लैजाँदै गर्दा बाटोमा निधन भएको थियो ।
सभापति देउवाले शोक विज्ञप्तिमार्फत उनको निधनबाट कांग्रेसले एक सरल र निष्ठावान अग्रज व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै उनीप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
विसं २०३६ सालमा कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङको सचिव रहेका स्वर्गीय राईले पार्टी सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेके कांग्रेसले जनाएको छ । विसं २००४ मा जन्मिएका राईका चार छोरा र दुई छोरी छन् । (रासस)









भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
एनपिएलको तयारी पूरा
एमालेद्वारा ताप्लेजुङमा जनसभा आयोजना
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
प्रतिक्रिया