तनहुँमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण भोलिबाट (सूचनासहित)

काठमाडौं । तनहुँ जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न तनहुँ जिल्लामा टावर निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा लिन आउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको सूचनामा टावर निर्माणका लागि अधिग्रहण गरिएको जग्गा तथा उक्त जग्गामा रहेका रुख, विरुवा, फलफूल तथा नोक्सान भएको बालीनालीको मुआब्जा दिने उल्लेख छ ।
मुआब्जा समितिको गत पुष १९ गतेको निर्णय अनुसार पुष २१ गते प्रकाशित सूचनाका आधारमा भोलिबाट मुआब्जा दिने प्रशासन कार्यालयले जनाएको छ । तनहुँ हाइड्रो पावर लिमिटेड अन्तर्गत सञ्चालित तनहुँ जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि निर्माणाधीन दमौली–भरतपुर २२० के.भी. प्रसारण लाइनका लागि जग्गा अधिग्रहण गरिएको थियो ।
मुआब्जा लिन आउँदा नागरिकताको प्रतिलिपी, जग्गाधनी प्रमाणपत्रको सक्कलप्रति, चालु आर्थिक वर्षमा तिरो तिरेको रसिद, आफ्नो खाता रहेको बैंकको खाता नम्बर लिएर आउनुपर्ने सूचनामा उल्लेख छ ।
यस्तै मृत्यु, वेपत्ता, पूर्ण अशक्तता लगायत असामान्य कारण जग्गाधनी स्वयम उपस्थित हुन नसके सोको प्रमाण, जग्गाधनीसँगको नाता प्रमाणित सहित वडाको सिफारिस लिएर आउनुपर्ने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । सूचना हेर्नुहोस














सुनचाँदीको मूल्य हालसम्मकै उच्च
थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त
सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रतिक्रिया