शाहरुखकाे फिल्ममा भिलेन बन्दै अभिषेक बच्चन
मेरोन्यूज
२०८१ साउन १ गते १४:१०

काठमाडाैं । शाहरुख खान यतिबेला आफ्नो आगामी फिल्म ‘किङ’को तयारीमा व्यस्त छन् । फिल्ममा शाहरुखकी छोरी सुहाना खान पनि देखिँदैछिन् ।
हालै शाहरुख लण्डनमा जारी सुटिङ छाडेर अनन्त–राधिकाको विवाहमा सहभागी हुन भारत आएका थिए ।
यसैबीच फिल्ममा अभिषेक बच्चनलाई पनि कास्ट गरिएको खबर आएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार अभिषेकले फिल्म साइन गरिसकेका छन् । फिल्ममा उनी खलनायकको भूमिकामा देखिनेछन् ।
‘किङ’ भन्दा पहिले अभिषेक बच्चन र शाहरुख खान २ फिल्ममा सँगै देखिएका थिए । यी दुई पहिलो पटक सन् २००६ मा आएको फिल्म ‘कभी अलविदा ना कहना’मा सँगै देखिएका थिए । त्यसपछि यी दुबै फिल्म ‘ह्याप्पी न्यू इयर’मा पनि सँगै देखिएका थिए । अभिषेकले शाहरुखको फिल्म ‘ओम शान्ति ओम’मा पनि क्यामियो गरेका छन् ।
सम्बन्धित









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रतिक्रिया