२६ महिनापछि सेयर बजारले नाघ्यो २३०० अंक

काठमाडौं । मंगलबार शेयर बजार भारी अंकले बढेको छ । सरकार परिवर्तन भई अर्थमन्त्रीमा विष्णु पौडेलको आएसँगै शेयर बजारमा उछाल आएको हो।
आज नेप्से परिसूचक ७० दशलमव १८ अंकले बढेर २३१० को विन्दुमा कायम भएको छ । पछिल्लो २ वर्ष २ महिना पहिलोपटक नेप्सेले २३ सय विन्दु नाघेको हो । यसअघि अन्तिम पटक २०७९ वैशाख २९ गते २३५०.४२ को विन्दुमा पुगेको थियो ।
मंगलबार २३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १३ करोड माथिको शेयर कारोबार भएको छ ।
मंगलबार सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १८ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको १७ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै सिन्धु विकास बैंक बरुण हाइड्रो, ग्रिन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत र मन्दकिनी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज ११ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।














पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया