कर्णालीका एमालेका तीन मन्त्रीले दिए राजीनामा
मेरोन्यूज
२०७७ चैत २४ गते १३:५४

काठमाडौं । कर्णाली प्रदेश सरकारमा एमालेबाट सहभागी भएका तीन मन्त्रीले संयुक्त रुपमा राजीनामा दिएका छन् । मन्त्रीहरुले मंगलबार सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिनेमा सामाजिक विकासमन्त्री दल रावल,आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् । उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् ।
उनीहरुले सोमबार नै राजीनामा दिने भनिएपनि मंगलबार मात्र राजीनामा दिएका हुन् । आइतबार बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो भने चैत ४ गते सो पार्टीले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
सम्बन्धित









बढ्यो पेट्रोल र डिजेलको मूल्य
एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन: एमाले नेता
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
प्रतिक्रिया