बाढीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्षति

कञ्चनपुर । अविरल वर्षापछिको बाढीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्षति पुगेको छ । चौधर नदीको बाढी निकुञ्जभित्र पसेपछि डुबानमा परेर थुप्रै वन्यजन्तु मरेका छन् भने भौतिक संरचनामा क्षति पुगेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए ।
चौधर नदीसँगै जोडिएको निकुञ्जको लालपानी, राधापुर र मोहनपुर क्षेत्रमा डुबानमा परेर चारवटा लघुना र एक चित्तल मरेको अवस्थामा भेटिएको उनले बताए । “चौधर नदीको बाढी निकुञ्जमा पस्दा नदी क्षेत्रका वन्यजन्तु प्रभावित बनेका छन् । केही वन्यजन्तु मरेको अवस्थामा फेला पारेका छन्”, ऐरले भने ।
उनकानुसार निकुञ्जभित्रका विभिन्न नदी नालामा रहेका एकदर्जन बढी काठे पुल र पक्की पुल बगेका छन् । “पर्यटक पथमा रहेका काठे पुल र पक्की पुल बगाएको छ”, संरक्षण अधिकृत ऐरले भने, “जसकारण अनुगमन तथा गस्ती गर्न समस्या भएको छ ।” पुल बगाएपछि बर्कोला भएर निकुञ्ज प्रवेश गर्ने बाटो पूर्णरूपमा अवरुद्ध भएको छ ।
यसपटक महाकाली नदीको पानी भने निकुञ्ज पस्न पाएन । महाकालीको बाढी निकुञ्जभित्र नपसेकाले बाह्रसिङ्गाको बासस्थानमा भने क्षति नभएको निकुञ्जले जनाएको छ ।
बाढीले निकुञ्जको हिरापुरमा रहेको कृष्णसार संरक्षित क्षेत्रमा भने क्षति पुर्याएको छ। यसका साथै निकुञ्ज कार्यालय र निवास डुबानमा परेपछि कार्यालयका फाइलसमेत भिजेका संरक्षण अधिकृत ऐरले बताए ।














कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गाकाे व्यवस्था
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
उत्तरायणको पहिलो दिनः आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया