मुर्ती चोरी गरेको अभियोगमा १ जना पक्राउ
मेरोन्यूज
२०७७ चैत २४ गते १४:१७

ललितपुर । ललितपुर महानगरपालिका-१६ धौगलबजारस्थित मुर्ती बनाउने स्थानबाट १६ थान धातुको मुर्ती चोरी गरेको अभियोगमा ललितपुर महानगरपालिका-१२ मंगलबजार बस्ने काभ्रे वेथानचोक गाउँपालिका-६ घर भएका ४८ वर्षीय राज कुमार सुनारलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
मुर्ती बनाउने स्थानबाट चैत १३ गते विभिन्न आकृतिका धातुका मुर्तीहरु चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न सुनारलाई चोरी भएका सम्पूर्ण मुर्ती सहित ललितपुर बालकुमारीबाट प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
सम्बन्धित









टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ
नेपाल–श्रीलङ्का व्यापार र हवाई सेवा विस्तार गर्न चेम्बरको पहल
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
प्रतिक्रिया