उच्च अदालत सुर्खेतको ८२ प्रतिशत मुद्दा फर्छ्यौट

कर्णाली । उच्च अदालत सुर्खेतले गत आर्थिक वर्ष २०८०/८१ मा ८२ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ ।
आर्थिक वर्ष २०७९/८० बाट जिम्मेवारी सरेका एक सय ६० र आव २०८०/८१ मा नयाँ दर्ता भएका सात सय ५६ गरी कूल नौ सय १६ मुद्दामध्ये सात सय ५४ मुद्दा फर्छ्यौट भएको उच्च अदालत सुर्खेतका रजिष्ट्रार विश्वजङ्ग सिजापतिले जानकारी दिए । उनका अनुसार अदालतमा दर्ता भएका कूल मुद्दामध्ये आव २०८०/०८१ मा ८२ दशमलव ३१ प्रतिशत मुद्दा फर्छ्यौट भएको हो ।
जिम्मेवारी सरेका एक सय ६० मुद्दा शतप्रतिशत, नयाँ दर्ता भएका सात सय ५६ मध्ये पाँच सय ९४ अर्थात् ७८ दशमलव ५७ प्रतिशत र कूल नौ सय १६ मध्ये सात सय ५४ अर्थात् ८२ दशमलव ३१ प्रतिशत मुद्दा फर्छ्यौट गरेको हो । रजिष्ट्रार सिंजापतिले आव २०८०/८१ मा छ सय ५७ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेको अदालतले सात सय ५४ अर्थात् एक सय १४ दशमलव ७६ प्रतिशत मुद्दा फर्छ्यौट गरेको जनाए ।















राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
सुनचाँदीको मूल्य वृद्धि
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया