एन्फाले फिजियोथेरापी सेन्टर सञ्चालन गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले फुटबलर र सर्वसाधारणका लागि फिजियोथेरापी सेन्टर सञ्चालन गर्ने भएको छ ।
यसका लागि एन्फाले फिजियोथेरापी र पुनर्स्थापन विभाग स्थापना गर्दै राष्ट्रिय महिला टिमकी फिजियो नविना श्रेष्ठलाई जिम्मेवारी दिएको छ । एन्फाका सचिव किरण राईले श्रेष्ठलाई बुधबार जिम्मेवारीको पत्र दिएका हुन् ।
श्रेष्ठले कतारको अस्पेटर अर्थोपेटिक एन्ड स्पोर्ट्स मेडिसिन अस्पतालबाट विशेष प्रशिक्षण लिएकी छन् । उनीसँग पछिल्लो एक दशकयता देशका विभिन्न क्लब र राष्ट्रिय टिमको फिजियोको रूपमा काम गरेको अनुभव छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा सञ्चालन हुने विभागले फुटबलर र सर्वसाधारणलाई पनि सेवा उपलब्ध गराउने एन्फाले जनाएको छ ।
विभागले राष्ट्रिय पुरुष, महिला र उमेर समूहका खेलाडीलाई निःशुल्क सेवा दिने छ । यस्तै, क्लबस्तरीय खेलाडीहरूले छुटमा सेवा पाउनेछन् । सर्वसाधारणलाई भने किफायती मूल्यमा सेवा उपलब्ध गराउने एन्फाले जनाएको छ ।
















छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता
मेक्सिकोमा हराएका एक लाख ३० हजार मध्ये करिब ४० हजार अझै जीवित
Hetauda Cement Industry resumes clinker production
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रतिक्रिया