एन्फाले फिजियोथेरापी सेन्टर सञ्चालन गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले फुटबलर र सर्वसाधारणका लागि फिजियोथेरापी सेन्टर सञ्चालन गर्ने भएको छ ।
यसका लागि एन्फाले फिजियोथेरापी र पुनर्स्थापन विभाग स्थापना गर्दै राष्ट्रिय महिला टिमकी फिजियो नविना श्रेष्ठलाई जिम्मेवारी दिएको छ । एन्फाका सचिव किरण राईले श्रेष्ठलाई बुधबार जिम्मेवारीको पत्र दिएका हुन् ।
श्रेष्ठले कतारको अस्पेटर अर्थोपेटिक एन्ड स्पोर्ट्स मेडिसिन अस्पतालबाट विशेष प्रशिक्षण लिएकी छन् । उनीसँग पछिल्लो एक दशकयता देशका विभिन्न क्लब र राष्ट्रिय टिमको फिजियोको रूपमा काम गरेको अनुभव छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा सञ्चालन हुने विभागले फुटबलर र सर्वसाधारणलाई पनि सेवा उपलब्ध गराउने एन्फाले जनाएको छ ।
विभागले राष्ट्रिय पुरुष, महिला र उमेर समूहका खेलाडीलाई निःशुल्क सेवा दिने छ । यस्तै, क्लबस्तरीय खेलाडीहरूले छुटमा सेवा पाउनेछन् । सर्वसाधारणलाई भने किफायती मूल्यमा सेवा उपलब्ध गराउने एन्फाले जनाएको छ ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया