आज सरकार र थारुहटबीच तेस्रो चरणको वार्ता हुने

काठमाडौं । सरकार र आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट / थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समिति वीचको तेस्रो चरणको वार्ता बस्ने भएको छ । दिउँसो साढे ४ बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा तेस्रो चरणको वार्ता बस्ने भएको हो ।
यसअघिका पहिलो र दोस्रो वार्ता सकारात्मक भएपनि निष्कर्षमा पुग्न सकेको छैन् । सरकारी वार्ता टोलीको संयोजक समेत रहेका गृहमन्त्री रामवहादुर थापा (बादल) को नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई र पुर्व सासंद भगवती चौधरी रहेका छन् ।
यसैगरी,आन्दोलनकारीका तर्फबाट पूर्व सांसाद रुक्मणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेका छन् । सरकारले वार्ताका लागि चैत १६ गते मात्र वार्ता समिति बनाएको थियो ।
टिकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरी लगायत माथि लगाईएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरु आन्दोलनरत छन् ।









एनपिएलको तयारी पूरा
एमालेद्वारा ताप्लेजुङमा जनसभा आयोजना
मतदाता नामावली उत्साहपूर्वक संकलन गरिँदै
तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
प्रतिक्रिया