बाराको कोल्हवीमा करोडौंको लागतमा एकीकृत भवन निर्माण हुँदै

रौतहट । बाराको कोल्हवी नगरपालिका स्थित करोडौंको लागतमा कृषि तथा पसु सेवाको लागि एकिकृत भवन निर्माण सुरु भएको छ ।
कोल्हवी १ स्थित कृषि तथा पशु सेवाको लागि एकीकृत भवन निर्माणका लागि मेयर राम प्रसाद चौधरी र उप-मेयर लक्ष्मी कुमारी चौधरीले सयुक्त रुपमा बिधिवत पुजा पाठ गरि उक्त भवनको शिलान्यास गरेका छन ।
आर्थिक करिडोर कार्यालय(रिड)वर्दिवास,महोत्तरीको २ करोड ३९ लाख ४२ हजार ७७४ रुपैया २७ पैसाको आर्थिक सहयोगमा उक्त भवन सि.एम कन्स्ट्रक्सन जोरपाटी काठमाडौले निर्माण गर्ने ठेक्का पाएको छ ।
करिडोरले आफ्नो तेस्रो चरणको भवन निर्माण अन्तरगत उक्त भवन निर्माण गर्न लागेको पशु सेवा कार्यालय कोल्हविका प्रमुख शम्भु पनुहरले जानकारी दिएका छन।
ठेकदार कम्पनीले आगामी ७ महिना भित्र भवन निर्माणको काम पूरा गर्ने सम्झौता गरेको छ। भवन निर्माण पछि कृषि र पशुको एउटै भवनबाट सेवा प्रवाह हुने भएकाले किसान तथा पशु पालकहरुलाई सहज हुने वडा १ का अध्यक्ष राजहरण चौधरीले खुसी व्यक्त गरेका छन् ।















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया