शनिबार, पुष १९, २०८२

विद्युत बक्यौता विवादबारे कुलमान र उद्योगीसगँ छलफल गर्दै प्रधानमन्त्री ओली

मेरोन्यूज २०८१ साउन ४ गते १५:१४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौता विवाद समाधानका लागि छलफल गर्ने भएका छन् ।

आज दिउँसो साढे ३ बजे ऊर्जामन्त्री दीपक खड्का, नेपाल विद्युत प्राधिकारणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र उद्योगीलाई बालुवाटारमा छलफलका लागि बोलाएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले केही समयअघि ट्रंक र डेडिकेटेड लाइन प्रयोगको बक्यौता नतिर्ने ठूला उद्योगको लाइन काट्न सुरु गरेको थियो ।

यसअघि जगदम्बा स्टिल, घोराही सिमेन्ट उद्योग, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन प्राधिकरण काटेको थियो ।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म ६१ वटा उद्योगले प्रयोग गरेको डेडिकेटेड र ट्रंकलाइनको ६ अर्ब ६० करोड बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले बताएको छ ।

त्यसको जरिवानासहित करिब साढे ८ अर्ब हुन आउँछ ।

प्रतिक्रिया