अभिनेत्री जान्हवी कपूरलाई फुड प्वाइजन

काठमाडौँ । बलिउड अभिनेत्री जान्हवी कपूरलाई फुड प्वाइजन भएको छ । फुड प्वाइजन भएपछि जान्ह्वी मुम्बईस्थित एक अस्पतालमा भर्ना भएको उनका पिता बोनी कपुरले जानकारी दिएका छन् ।
एनडीटीभीसँग कुरा गर्दै बोनी कपूरले जान्हवीको अवस्था अहिले राम्रो भएको र एक–दुई दिनमा निको हुने बताएका हुन् । जान्हवीको स्वास्थ्य विगत केही दिनदेखि ठिक नभएपछि उनलाई बिहीबार अस्पताल भर्ना गरिएको थियो ।
जान्हवी हालै अनन्त अम्बानी र राधिकाको विवाहमा सहभागी भएकी थिइन् ।
जान्हवीको आगामी फिल्म उलझ हो । यो फिल्म अगस्त २ गते रिलिज हुँदैछ । जान्हवी यस फिल्ममा आईएफएस अफिसरको भूमिकामा देखिनेछिन् । चलचित्रका निर्देशक राष्ट्रिय अवार्ड विजेता सुधांशु सारिया हुन् । चलचित्रलाई जंगली पिक्चर्सले निर्माण गरेको हो ।
फिल्ममा जान्हवीका अलावा गुलशन देवैया र रोशन म्याथ्यू पनि देखिनेछन् । ‘उलझ’ बाहेक, जान्हवीसँग उनको किट्टीमा दुईवटा फिल्महरू छन् जसमा जुनियर एनटीआरसँग देवरा पार्ट वन र सनी संस्कारीको तुलसी कुमारी समावेश छ ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया