६१ अंकले बढ्यो नेप्से, कारोबार रकम १५ अर्ब नाघ्याे

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६१ अंकले बढेको छ । आज नेप्से ६१.६१ अंकले बढेर दुई हजार चार सय ८५.९४ को विन्दुमा कायम भएको हो ।
आज ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर एक लाख ७७ हजार ४६७ पटक खरिदबिक्री हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० बराबरको कारोबार भएको छ ।
आज सबै भन्दा बढी व्यापार समूहको उपसूचकमा ६. ८० प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ समुहको ३. ८६ प्रतिशतले बढेको छ ।
त्यस्तौ आज युनाईटेड मोदी हाईड्रोपावर लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सिक्लेस हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको ३४ करोड १० लाख ९६ हजार तीन सय सात बराबरको कारोबार भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको १४ लाख ९० हजार ५५० कित्ता शेयर किनबेच भएको छ ।











क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
झलनाथ पत्निलाई भेट्न पुगे प्रचण्ड र माधव
प्रतिक्रिया