सेयर बजारमा दाेहाेराे अंककाे वृद्धि, काराेबार रकम झण्डै १४ अर्ब

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको सुधार देखिएको छ । आज परिसूचक दुई दशमलव १५ अङ्कले बढेर दुई हजार चार सय ८८ दशमलव ०९ अंकमा कायम भएको हो ।
आज तीन सय नौ कम्पनीको तीन करोड ९७ लाख ५४ हजार सात सय ११ कित्ता शेयर एक लाख ७० हजार पाँच सय ५९ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार चार सय ४० बराबरको कारोबार भएको छ ।
बैङ्किङ एक दशमलव २३, विकास बैँक शून्य दशमलव ६३, होटल तथा पर्यटन शून्य दशमलव २१, लगानी शून्य दशमलव ४७, लघुवित्त शून्य दशमलव ५३ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०६ प्रतिशतले घटेको छ । अरु समूहको उपसूचक बढेको छ । आज वित्त समूह शून्य दशमलव ७१, जलविद्युत् एक दशमलव ७४, जीवन बीमा शून्य दशमलव ०१, उत्पादन तथा प्रशोधन दुई दशमलव १६, म्युचुअल फन्ड शून्य दशमलव ७८, व्यापार एक दशमलव ८६ र अन्य समूहको उपसूचक एक दशमलव ४३ प्रतिशतले बढेको छ ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ३६ करोड ९३ लाख ४८ हजार सात सय ४१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को १५ लाख ५६ हजार नौ सय ९५ कित्ता शेयर किनबेच भएको छ ।











सिद्धार्थ बैंकको २३औँ वार्षिकोत्सवमा ग्राहकलाई लाइफटाइम फ्री क्रेडिट कार्ड अफर
विश्वव्यापी उत्पादन घट्दा टोयोटाको बिक्रीमा पनि असर
फागुन २१ गतेको निर्वाचन कांग्रेसको पहिलो प्राथमिकता : सभापति देउवा
सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया