एनआइसी एशिया बैंक २७ औँ वर्षमा प्रवेश

काठमाडौँ । एनआइसी एशिया बैंक २७ औँ वर्षमा प्रवेश गरेको छ। २०५५ साल साउन ६ गते स्थापना भएको बैंक आइतबारबाट २७ औँ वर्षमा प्रवेश गरेको हो।
बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने नारा लिएर बैंक अगाडि बढेको छ। बैंक आज यो स्थानसम्म आइपुग्नुको कारण ग्राहक,नियामक, शेयरधनी, कर्मचारी र सरोकारवालाहरु रहेको बताएको छ।
डिजिटल फष्ट बैंक बन्ने अभिप्राय लिएर अगाडि बढेको बैंकले स्थापनाकालदेखि हालसम्म देशभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जालबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ।
बैंकले देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिइरहेको जनाएको छ।
साथै, वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरेको बैंकको भनाइ छ।
बैंकले स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू २६ अर्ब ५९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको जानकारी दिएको छ। यस्तै अर्थिक वर्ष २०८०/८१ मा मात्रै रू २ अर्ब ८९ करोड भन्दा बढी राजश्व पनि बुझाएको बैंकले जनाएको छ।










आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया