आइतबार, वैशाख २१, २०८२

साशा इन्जिनियरिङले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस

मेरोन्यूज २०८१ साउन ८ गते १८:३४

काठमाडौं । साशा इन्जिनियरिङ्ग हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशतले हुने २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्नको लागि निष्काशन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

सन् २००७ मा स्थापना भएको साशा इन्जिनियरिङ्ग हाइड्रोपावरले दोलखा जिल्लामा रहेको खानीखोलाको पानी प्रयोग गरि ३० मेगावाट क्षमताको खानिखोला (दोलखा) जलविद्युत आयोजनाको सर्वेक्षणका लागि विद्युत ऐन, २०४९ बमोजिम विद्युत उत्पादनको सर्वेक्षण अनुमति पाएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति खरिद बिक्री गर्नका लागि नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिद–बिक्री सम्झौता समेत गरिसकेको छ ।

प्रतिक्रिया