यामाहा एरोक्स १५५ ले गर्यो काठमाडौंदेखि लद्दाख सम्मको यात्रा

काठमाडौँ । सोलो ट्राभल अवशिस ओझाले आफ्नो यामाहा एरोक्स १५५ स्कुटरको साथ काठमाडौँ देखि भारतको लद्दाखसम्मको एकल यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् । उनले केवल ११ दिनमा ५०००ं किलोमिटर भन्दा बढी यात्रा गरेका थिए ।
ओझाले यात्रा दौरान साहस, जोस र अटल सङ्कल्पलाई आफ्नो दृढ सङ्कल्प र प्रमाणको रूपमा खडा गरेका थिए। आफ्नो यात्राको क्रममा, उनले विभिन्न भूभाग र मौसमको सामना गर्दै उक्त ठाउँको रोमाञ्चक र अद्भुत प्राकृतिक परिदृश्यहरूसँग आफूलाई जोड्दै ती सुन्दर ठाउँहरूलाई गहिरो रूपमा आत्मसात् गरेका थिए।
यो कठिन यात्रामा, यामाहा एरोक्स १५५ ले असाधारण, अद्वितीय पर्फर्मेन्सको उदाहरण प्रस्तुत गर्नुका साथै आफूलाई बलियो र भरपर्दो साथीको रूपमा प्रमाणित गर्यो। एरोक्स १५५ स्कुटरमा रहेको एडभान्स लिकउइड कुल्ड इन्जिनले लद्दाखको उच्च स्थानमा पनि आफ्नो दक्षता प्रस्तुत गर्यो ।
यसको चुस्त ह्यान्डलिङ र आधुनिक एफआई प्रविधिले श्री ओझालाई घुमाउरो पहाडी सडकहरूमा सहज र स्थिरताका साथ यात्रा गर्न सजिलो बनाएको थियो। यसको अतिरिक्त, स्कुटरको आरामदायी सिट र एर्गोनोमिक डिजाइनले बिना कुनै झन्झट र थकान बिना पनि घण्टौँ समय सम्म यात्रा गर्न सक्ने कुराको सुनिश्चितता गर्यो। एरोक्स १५५ मा सिटको मुनि आवश्यक सामान बोक्न सक्ने भण्डारण थियो, जबकि उन्नत ब्रेकिङ प्रणालीले ठाडो उकालो र कठिन भू-भागहरूको सामना गर्न आत्मविश्वास र सुरक्षा प्रदान गर्यो।
एम ए डब्लू राइदकी सी यम ओ पुनम सिंह ले, ओझाको उपलब्धि र एरोक्स १५५ को प्रशंसा गर्दै भने, “यो उल्लेखनीय यात्रा पूरा गरेकोमा अवशीस ओझाप्रति हामी असाध्यै गौरवान्वित छौँ। एडभान्स लिकउइड कुल्ड इन्जिन, आधुनिक FI टेक्नोलोजी र एर्गोनोमिक डिजाइन जस्ता सुविधाहरूले अवशीसको सफल अभियानले स्कुटरको क्षमतालाई हाइलाइट गर्दछ र सबै उत्साहीहरूलाई उनीहरूको कम्फर्ट जोन भन्दा बाहिर गएर विभिन्न चुनौतीपूर्ण भू-भागहरूको सामना गर्न प्रेरित गर्दछ र एरोक्स १५५ को वास्तविक क्षमतालाई देखाउँदछ । “















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया