निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपालमा उत्पादित वस्तुहरुको निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्ने बताएका छन् ।
निर्यात व्यवसायी महासंघ नेपालको प्रतिनिधि मण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निर्यात प्रवर्द्धन गर्न सरकारले नीतिगत र व्यवहारिक रुपमा देखा परेका समस्याहरुलाई हटाउँदै जाने बताएका हुन् । उनले समस्याहरुलाई प्राथमिकीकरण गर्न आग्रह गर्दै त्यसकै आधारमा समाधानका उपाय खोज्ने धारणा व्यक्त गरे ।
निर्यात व्यवसायी महासंघले निर्यात वृद्धिका लागि नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको निर्माणको गुरुयोजनाका लागि बजेटको व्यवस्था गर्न, नेपालमा अन्तर्राष्ट्रिय निर्यात एक्स्पो आयोजना गर्न, निर्यात प्रवर्द्धन तथा वस्तु विकासका लागि अधिकार सम्पन्न बोर्डको स्थापना गर्न माग गरेको छ ।
त्यसैगरी महासंघले उत्पादन लागत कम गर्न निर्यातजन्य उद्योगहरुलाई लगानी गर्दा बैंक व्याजदरमा ५ प्रतिशतको अनुदानका साथै बैंकहरुको कुल ऋण प्रवाहको ५ प्रतिशत निर्यातजन्य उद्योगहरुमा अनिवार्य लगाउनीको व्यवस्था गर्न, निर्यात-आयात बैंक स्थापना गरी निर्यात उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ आयातको व्यवस्था गर्नुपर्ने लगायत १७ वटा सुझाव दिएको छ ।











चोरी भएका ६० वटा बाइक र स्कुटर सवारीधनीलाई हस्तान्तरण
तीन शीर्ष नेता भेटेपछि सरकारका प्रवक्ताले भने – निर्धारित मितिमै चुनाव हुन्छ, सबै दलले भाग लिन्छन्
फिलिपिन्समा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, २३ घाइते
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
नवनियुक्त परराष्ट्रमन्त्री शर्माले सम्हाले कार्यभार
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया