गेष्टहाउसमा युवकसँग बसेकी युवतीको मृत्यु
मेरोन्यूज
२०८१ साउन ११ गते १०:३७

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित गेष्ट हाउसमा बास बसेकी एक युवतीको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-७ ग्वार्कोमा रहेको सनलाइट गेष्टहाउसमा एक युवकसँग राती ११ बजे आएकी युवतीको बिहान मृत्यु भएको हो ।
ललितपुरकै डुकुछाप घर भएर हाल सातदोबाटोमा बस्दै आएका एक युवकले राति साथमा लिएर आएको युवती बिहानीपख बेहोस भएकी थिइन् । युवती बेहोस भएपछि गेष्ट हाउस संचालकले बि एण्ड बि अस्पतालमा लगेकोमा उपचारकै क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
युवकले पनि सास फेर्न कठिनाइ भएको भनी जनाएपछि प्रहरीको निगरानीमा बि एन्ड बि अस्पतालमा नै उपचार भइरहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको छ ।
सम्बन्धित
















प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रमा कर्मचारी जोखिममा
अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्पः ८ जनाको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया