मंगलबार, चैत १०, २०८२

ज्योति विकास बैंकद्वारा ‘ज्योतिज् गट ट्यालेन्ट’ आयोजना

मेरोन्यूज २०८१ साउन ११ गते १८:२८

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले ‘ज्योतिज् गट ट्यालेन्ट’को पहिलो संस्करण आयोजना गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

रचनात्मकता र सृजनात्मकताको अनन्त सम्भावनाहरूलाई उजागर गर्ने तथा प्रतिभालाइ सम्मान गर्ने उद्देश्यले बैंकका देशभरीका शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका कर्मचारीका साथै कर्मचारीका परिवारका बालबालिकाहरुको सहभागितामा बैंकको १६औं वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

‘ज्योतिज् गट ट्यालेन्ट’मा कर्मचारीहरुको लागि नृत्य, संगीत, हाँस्यव्यंग्य, चित्रकला र कविताू गरि पाँच विधा राखिएको थियो भने बालबालिकाहरूका लागि नृत्य, संगीत, हाँस्यव्यंग्य, चित्रकला, जादू, हस्तलेखन, र कविताू गरि सात विधाहरु समावेश गरिएको थियो। जसमा प्रतियोगीहरुको सक्रिय सहभागिता रहेको थियो।

उक्त खुला आन्तरिक प्रतिस्पर्धात्मक प्रतियोगिताका विजेताहरू २०८१ श्रावण ०९ गते बुधवार, बैंकको १६औं वार्षिकोत्सव समारोहको अवसरमा घोषणा गरिएको थियो। विजेताहरुलाई बैंकका अध्यक्ष हरिचन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत कपिल ढकालद्वारा बधाई ज्ञापन गरेका थिए।

प्रतिक्रिया