समाज सेवामा युवाको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाज सेवामा युवाको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
लायन्स क्लब विराटनगर सेन्टरको २९औँ पदस्थापना समारोहमा मुख्यमन्त्री कार्कीले युवाको माध्यमबाट समाजमा रहेका विकृति, विसङ्गति, अन्धविश्वास र कुरीति प्रथालाई अन्त्य गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री कार्कीले भने, ‘राष्ट्रिय हित, सार्वभौम नेपाल र नेपाली जनतालाई शिरमा राखी क्लबले गर्ने सामाजिक कार्यमा आगामी दिनमा थप सफलता मिलोस् ।’
उनले मुलुकमा लागूपदार्थ दुर्व्यसनमा युवा पुस्ता फस्दै भएकोमा चिन्ता व्यक्त गरे । यसबाट उनीहरूलाई मुक्त गर्न क्लबले थप सक्रियता दिनुपर्नेमा उनले आग्रह गरे ।
मुख्यमन्त्री कार्कीले मानव समुदायलाई सुसंस्कृत, अनुशासित एवं सुयोग्य पात्र बनाउने भूमिकामा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । उनले हरेक मानिसले आफ्नो, परिवार, समाज र राष्ट्रका लागि योगदान दिनुपर्छ भन्ने दायित्व बुझाउनु आवश्यक रहेको विचार व्यक्त गरे ।
कार्यक्रममा सन् २०२४–२५ का लागि सेन्टरका अध्यक्ष फडिन्द्र अधिकारीलाई पदस्थापन गरिएको थियो । सेन्टरले विगत २९ वर्षदेखि सामुदायिक विद्यालय, खानेपानी, जाडोमा गरिबलाई न्यानो कपडा वितरण तथा बाढीपीडितलाई सहयोग उपलब्ध गराउँदै आएको छ ।













गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
गोरखा-२ मा एमालेबाट चक्रे मिलनसहित पाँच जनाको नाम सिफारिस
फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया