समाज सेवामा युवाको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाज सेवामा युवाको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
लायन्स क्लब विराटनगर सेन्टरको २९औँ पदस्थापना समारोहमा मुख्यमन्त्री कार्कीले युवाको माध्यमबाट समाजमा रहेका विकृति, विसङ्गति, अन्धविश्वास र कुरीति प्रथालाई अन्त्य गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री कार्कीले भने, ‘राष्ट्रिय हित, सार्वभौम नेपाल र नेपाली जनतालाई शिरमा राखी क्लबले गर्ने सामाजिक कार्यमा आगामी दिनमा थप सफलता मिलोस् ।’
उनले मुलुकमा लागूपदार्थ दुर्व्यसनमा युवा पुस्ता फस्दै भएकोमा चिन्ता व्यक्त गरे । यसबाट उनीहरूलाई मुक्त गर्न क्लबले थप सक्रियता दिनुपर्नेमा उनले आग्रह गरे ।
मुख्यमन्त्री कार्कीले मानव समुदायलाई सुसंस्कृत, अनुशासित एवं सुयोग्य पात्र बनाउने भूमिकामा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । उनले हरेक मानिसले आफ्नो, परिवार, समाज र राष्ट्रका लागि योगदान दिनुपर्छ भन्ने दायित्व बुझाउनु आवश्यक रहेको विचार व्यक्त गरे ।
कार्यक्रममा सन् २०२४–२५ का लागि सेन्टरका अध्यक्ष फडिन्द्र अधिकारीलाई पदस्थापन गरिएको थियो । सेन्टरले विगत २९ वर्षदेखि सामुदायिक विद्यालय, खानेपानी, जाडोमा गरिबलाई न्यानो कपडा वितरण तथा बाढीपीडितलाई सहयोग उपलब्ध गराउँदै आएको छ ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया