कांग्रेस नेता पौडेल भन्छन् : ‘नविन्द्रराज जोशीको निधनले नेपाली कांग्रेसलाई ठूलो क्षति पुगेको छ’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नविन्द्रराज जोशीको निधनले नेपाली कांग्रेसलाई ठूलो क्षति पुगेको बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले बुधबार स्वर्गीय जोशीको १३ औं पूण्यतिथिका दिन राष्ट्रिय सभागृहमा आयोजना गरेको श्रद्धाञ्जलीसभामा बोल्दै वरिष्ठ नेता पौडेलले कर्म र विचारको संयोग भएका उदयीमान नेताको निधनले कांग्रेसलाई अपुरणीय क्षति भएको बताएका हुन् ।
उनले भने ‘नविन्द्रराज जोशीको बारेमा हामी सबैलाई थाहा छ एउटा लोकपृय नेता, अत्यन्त लोकपृय नेता, विचारवान नेता, विचारशिल नेता र कार्मशिल नेता, विचार मात्र होइन कर्म र विचार दुईवटैको संयोग, इमान्दारिता मात्र होइन योग्यता र इमान्दारिता दुईवटैको संयोग नविन्द्रराज जोशी एक होनहार, उदयीमान नेता आज नेपाली कांग्रेसले गुमाएको छ । यो घडीमा हामी सम्पूर्ण कांग्रेसजनहरु नेपालका लोकतन्त्रवादीहरु र नविन्द्रजीका सबै शुभचिन्तक, परिवारजन देखी लिएर समस्त नेपालका सचेत नागरिकहरु वास्तवमा यो अभावलाई, उहाँको यो निधनलाई अत्यन्त ठूलो क्षतिको रुपमा लिएका छन सबैले, र लोकतान्त्रिक आन्दोलनको उदयीमान ताराको अस्त भएको छ ।’
नेता जोशीले मन्त्री हुँदा वा लोकतान्त्री आन्दोलनको जुनसुकै बेला पनि कसैसँग सम्झौता नगरी लड्दै आएका कुरा पनि वरिष्ठ नेता पौडेलले स्मरण गरे अनुचित किसिमका सम्झौता जतिसुकै दवाव परेपनि स्वीकार नगरी देश र जनताको सेवामा खटिने निष्ठा र नैतिकताको प्रतिक नविन्द्रराज जोशी रहनुभएको पनि वरिष्ठ नेता पौडेलले बताए ।









युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ : प्रधानमन्त्री कार्की
सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता
बढ्यो पेट्रोल र डिजेलको मूल्य
एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन: एमाले नेता
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
प्रतिक्रिया