पूर्वाधार विकासमा जनचाहना पूरा गर्ने गरी काम हुनुपर्छः उपप्रधानमन्त्री सिंह

ललितपुर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको चाहना पूरा गर्नेगरी स्थानीय पूर्वाधार विकासमा काम गर्न निर्देशन दिएका छन् ।
आज यहाँ स्थानीय पूर्वाधार विभागका कामकारबाही र आगामी योजनाबारे जानकारी लिएपछि उनले जनताको पूर्वाधार निर्माणको चाहना पूरा गर्न विभागको भूमिका महत्वपूर्ण रहेकाले सोहीअनुसार क्रियाशील हुन निर्देशन दिएका हुन् । “स्थानीय पूर्वाधार विकासका क्षेत्रमा प्रभावकारी रूपमा काम गरौँ, केही अप्ठ्यारा भए मन्त्रालय समन्वय गर्न तयार छ । जनताको प्रत्यक्ष चासोसँग जोडिएका झोलुङ्गे पुल, ग्रामीण सडक, प्रशासकीय भवनजस्ता पूर्वाधार विकासको जिम्मेवारी तपाइहरूकै काँधमा छ । त्यसैले कामको गतिसँगै गुणस्तर बढाउनु लाग्नुपर्छ”, उपप्रधानमन्त्री सिंहले भने ।
त्यस अवसरमा हालसम्म विभागले देशभर तीन सय ६४ पालिकाका प्रशासकीय भवन निर्माण सम्पन्न गरिसकेको र एक सय ४९ भवन निर्माणाधीन अवस्थामा रहेका जानकारी दिइएको थियो । यस्तै, आर्थिक वर्ष ०८१/८२ मा विभागले ६८ स्थानीय तहका प्रशासकीय भवन, तीन सय झोलुङ्गे पुल, ४० वटा सडक पुल र एक सय किलोमिटर पक्की सडक र ७० किलोमिटर सडक निर्माण कार्य सुरु गर्ने लक्ष्य राखेको विभागले जनाएको छ ।













यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
भेनेजुएलाद्वारा कूटनीतिक सम्बन्ध पुनः स्थापनाका लागि अमेरिकासँग वार्ता गर्ने घोषणा
एमाले केन्द्रीय कमिटी बैठक जारी (तस्बिरहरू)
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
प्रतिक्रिया