नेकपा एमालेका सांसदलाई नेकपा भनिएकोमा खगराज अधिकारीको आपत्ति

काठमाडौं । सत्तारूढ नेकपा एमालेका सांसद खगराज अधिकारीले नेकपा एमालेका सांसदलाई नेकपा भनिएकोमा आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा सुरूमै सभामुख अग्नि प्रसाद सापकोटा समय लिएर बोलेका अधिकारीले एमालेका सांसदलाई मिनी संसद भनिने समिति बैठकमा नेकपा सांसद भन्ने गरेकोमा आपत्ति जनाएका हुन् ।
उनले भने ‘संसदभित्र सत्तापक्षको बसाइमा हामी छौं। तर समिति बैठकमा जाँदा हामी नेकपा हुन बाध्य छौं।’
उनले फागुन २३ गतेदेखि यता नेकपा एमाले हामी यहाँ छौं। माओवादी केन्द्र नजिकै छ,एमाले र माओवादीका सांसदहरू बसेको ठाउँतर्फ संकेत गदै कटाक्ष गरे ।
यस्तो खालका परिस्थितिले संसदमा गम्भीर प्रभाव पर्ने उनले बताए।‘हामी सहमतिका साथ जान चाहन्छौं। नेकपा हुनैपर्छ भनेर सहमति हुँदैन। एमाले संसदको ठूलो पार्टी हो। यो बहुमतको सरकार हो। यसको प्रतिनिधित्व त्यसअनुसार नै हुन जरूरी छ,’ उनले भने।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया