पाँच वर्षदेखि धनगढी उपमहानगरको आन्तरिक आयमा वृद्धि

कैलाली । धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको छ । पछिल्ला पाँच वर्षको तथ्याङ्क अनुसार आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको हो ।
आर्थिक वर्ष २०७६/७७ देखि गत आवसम्मको पाँच वर्षको अवधिमा हरेक वर्ष आन्तरिक आम्दानी बढ्दै गएको उपमहानगरका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए । उनका अनुसार उपमहानगरले आव २०७६/७७ मा १४ करोड ५४ लाख ७३ हजार आन्तरिक आम्दानी गरेकामा आव २०७७/७८ मा २० करोड ६० हजार, आव २०७८/७९ मा २२ करोड १८ लाख २९ हजार, आव २०७९/८० मा २७ करोड ९२ लाख १५ हजार र गत आवमा रु ३३ करोड १२ लाख ५२ हजार आम्दानी गरेको छ ।
राजस्व शाखा प्रमुख ओझाले भने, “हरेक वर्ष उपमहानगरको आन्तरिक आम्दानी बढ्दै गएको छ । करका दायरा बढ्दै जाँदा आन्तरिक आम्दानी बढ्दै गएको हो ।” उपमहानगरले गत आवमा सम्पत्ति करबाट तीन करोड ४४ लाख २९ हजार, भूमिकर रु एक करोड पाँच लाख ४५ हजार, बहालकर सात करोड ५५ लाख ८१ हजार, बहाल बिरौटीकर ४५ लाख १२ हजार, सवारीसाधन कर रु छ लाख ४० हजार र अन्य करबाट पाँच लाख ४९ हजार यथार्थ आम्दानी गरेको उनले जानकारी दिए ।
राजस्व शाखा प्रमुख ओझाका अनुसार सरकारी सम्पति बहालबाट प्राप्त आय ९४ लाख १७ हजार, सरकारी सम्पत्ति बिक्रीबाट ६७ हजार, अन्य सेवा शुल्कबाट ३८ लाख ७७ हजार, शिक्षा क्षेत्रको आम्दानी २३ लाख १९ हजार, पार्किङ शुल्कबाट ७८ लाख ९७ हजार, नक्सा पास दस्तुरबाट तीन करोड नौ लाख ६९ हजार, सिफारिस दस्तुरबाट रु एक करोड ९२ लाख ७१ हजार यथार्थ आम्दानी भएको छ ।
व्यक्तिगत घटना दर्ता दस्तुर १६ लाख १८ हजार, नाता प्रमाणित दस्तुर चार लाख ८७ हजार, अन्य दस्तुरबाट नौ लाख ३६ हजार, प्रशासनिक दण्डजरिवानाबाट ७४ लाख २९ हजार, व्यवसायबाट तीन करोड ९८ लाख ५६ हजार, अन्य राजस्व सात करोड ९२ लाख ३४ हजार, बेरुजुबापत छ लाख ५८ हजार, सामुदायिक वनबाट प्राप्त आय ३२ हजार, विज्ञापन करबाट पाँच हजार र अन्यबाट नौ लाख १३ हजार यथार्थ आम्दानी भएको उनले जानकारी दिए ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया