मन्दिर संरक्षणका नाममा इलाममा दलित परिवारलाई विस्थापित गरेको भन्दै कांग्रेस सांसद परियारले गराइन् सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सुजता परियारले मन्दिर संरक्षणका नाममा इलाममा दलित परिवारलाई विस्थापित गरेको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद परियारले इलाम नगरपालिका वडानम्बर ७ स्थित भिमसेनस्थान मन्दिर संरक्षण र सम्वर्द्धनका बहानामा नगरपालिकाले पुस्तौदेखि बसोबास गर्दै आएका दलितहरूको घरपरिवारलाई उठिवास लगाउने काम गरेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएकी हुन् ।
उनले भनिन् ‘मन्दिर छेउमा दलितको घर भयो, नियमित पुजापाठ गर्दा दलितको अनुहार देख्नुपर्यो, दलितहरुका कारण मन्दिर अछुतो भयो भन्दै इलाम नगरपालिका वडा नम्बर ७ स्थित भिमसेनस्थान मन्दिर संरक्षण र सम्वर्द्धनको बहानामा इलाम नगरपालिकाले इलाम बजारमा पुस्तौदेखि बसोबास गर्दै आएका दलितहरुको घरपरिवारलाई उठिवास लगाउने कार्य गरेको छ । ’
‘यो दलितमाथिको विभेदको पराकाष्ठा हो । दलितहरुको जनजीवन भन्दा मन्दिरको संरक्षण कसरी महत्वपुर्ण हुनसक्छ ?’ परियारको प्रश्न छ
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया