महिला भलिबल टीमका सदस्यलाई महानगरले दियो १-१ लाख
मेरोन्यूज
२०८१ साउन २४ गते १४:२७

काठमाडौं । काठमाडौं महानगरपालिकाले काभा महिला भलिबल प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय भलिबल टीमलाई नगद पुरस्कारले सम्मानित गरेको छ ।
टीमका प्रशिक्षक, खेलाडी तथा अफिसियलहरुलाई पुरस्कृत गरिएको हो ।
राष्ट्रिय टीमका प्रत्येक खेलाडी र प्रशिक्षक गरी १५ जनाले १–१ लाख नगद पुरस्कार प्राप्त गरेका छन् । यस्तै, तीन जना अफिसियललाई ५०–५० हजार रुपैयाँ प्रदान गरिएको छ ।




सम्बन्धित
प्रतिक्रिया