सरकारले कोरोना भाइरस सङ्क्रमणको दोस्रो जोखिमबाट बच्न कार्ययोजना सार्वजनिक गर्दै

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणको दोस्रो जोखिमबाट बच्न कार्ययोजना सार्वजनिक गर्ने भएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बच्न कार्ययोजना छिट्टै सार्वजनिक गरिने बताएका हुन् ।
छिमेकी मुलुक भारत लगायतका देशमा कोरोना सङ्क्रमण बढिरहेकोले त्यसको नियन्त्रणमा नेपालमा फेरी सरकारले लकडाउन गर्ने चर्चा चलेको भन्दै सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले कोभिडबाट जनतालाई कसरी बचाउने, कसरी सुरक्षित राख्ने भन्नेमा सरकारले सोचीरहेको बताए । लकडाउन वा अन्य सुरक्षित विधि, मापदण्ड, आचारसंहिता लगायत विषयमा सबैसँग छलफल गरेर टुंगो लगाउने उनले बताए ।
त्यस्तै सरकारले राष्ट्रपति चुरे क्षेत्र संरक्षण विकासको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ । शुक्रबार मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले वन तथा वातारणको प्रस्तावमा राष्ट्रपति चुरे क्षेत्र संरक्षण विकासको अध्यक्ष पदमा पर्वतका डा. पौडेललाई नियुक्ति गरिएको जानकारी दिए । यसैगरी दोलखामा कमला वली (सिवाकोटी), महोत्तरीका शशीकुमार शर्मा, काठमाडौंका सुमित ढकाल र कपिलवस्तुका भेषराज आर्चायलाई सदस्यपदमा नियुक्ति गर्ने निर्णय भएको उनले बताए ।
यस्तै सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईलाई नियुक्त गरेको छ मन्त्री गुरुङले जानकारी गराए ।













विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
ग्लोबल आइएमई बैंककाे १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना
नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप : जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न
खातामा प्यान नम्बर र इमेल अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंककाे आग्रह
नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा चौधरी
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया