पन्च इभीको प्रि-बुकिङ्ग भोलिदेखि

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्गले भोलिदेखि बहुप्रतिक्षित पन्च इभीको प्रि – बुकिङ्ग– खुला गर्ने जानकारी गराएको छ ।
अब ग्राहकहरुले कम्पनीको आधिकारिक वेबसाइट मार्फत प्रि – बुकिङ्ग गर्न सक्नेछन् भने प्रि – बुकिङ्ग गरिएका गाडीहरु आगामी नाडा अटो सोबाट प्राथामिकताका साथ डेलिभरी सुरु गरिने जनाइएको छ ।
उत्कृष्ट एक्ट.इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पन्च इभी अत्यधुनिक प्रविधियुक्त रहेको दाबी गरिएको छ । साथै, पर्यावरणमैत्री एवं खर्चको दृष्टिकोणले किफायति रहेको कम्पनीको भनाइ छ । एक विशेष इलेक्ट्रिक एसयूभीमा हुनुपर्ने हरेक गुण पन्च इभीमा रहेको छ ।
१६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका बिशेषताहरु रहेका छन् । यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको कम्पनीले जनाएको छ ।
भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिक रुपमा अठार हजार युनिट भन्दा बढी बिक्री भइरहेको छ । यस गाडी भारतीय अटो बजारमा कम्प्याक्ट एसयूभीको रुपमा स्थापित हुन सफल भइसकेको कम्पनीले जनाएको छ ।
















प्रधानमन्त्री कप क्रिकेटः एपीएफको विजयी सुरुवात
राप्रपाको निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्यो उपग्रह तस्बिर
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
रवि लामिछानेकाे मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
प्रतिक्रिया