पन्च इभीको प्रि-बुकिङ्ग भोलिदेखि

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्गले भोलिदेखि बहुप्रतिक्षित पन्च इभीको प्रि – बुकिङ्ग– खुला गर्ने जानकारी गराएको छ ।
अब ग्राहकहरुले कम्पनीको आधिकारिक वेबसाइट मार्फत प्रि – बुकिङ्ग गर्न सक्नेछन् भने प्रि – बुकिङ्ग गरिएका गाडीहरु आगामी नाडा अटो सोबाट प्राथामिकताका साथ डेलिभरी सुरु गरिने जनाइएको छ ।
उत्कृष्ट एक्ट.इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पन्च इभी अत्यधुनिक प्रविधियुक्त रहेको दाबी गरिएको छ । साथै, पर्यावरणमैत्री एवं खर्चको दृष्टिकोणले किफायति रहेको कम्पनीको भनाइ छ । एक विशेष इलेक्ट्रिक एसयूभीमा हुनुपर्ने हरेक गुण पन्च इभीमा रहेको छ ।
१६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका बिशेषताहरु रहेका छन् । यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको कम्पनीले जनाएको छ ।
भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिक रुपमा अठार हजार युनिट भन्दा बढी बिक्री भइरहेको छ । यस गाडी भारतीय अटो बजारमा कम्प्याक्ट एसयूभीको रुपमा स्थापित हुन सफल भइसकेको कम्पनीले जनाएको छ ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया