एएफसी च्यालेञ्ज लिगमा चर्च ब्वाइज र पारोबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणमा सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटे र भुटानको लिग च्याम्पियन पारो एफसीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साँझ ६ बजेदेखि सुरु हुनेछ ।
उक्त खेलका लागि दुवै टोलीले आफू तयार रहेको बताएका छन् । यस खेलको विजेता टोली च्यलेञ्ज लिगको मुख्य चरणमा प्रवेश गर्नेछन् । चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले च्यालेञ्ज लिग खेल्नका लागि आफ्नो टोली तयार रहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । कप्तान अनन्त तामाङले आफ्नो टोली शारीरिक र मानसिक रुपमा तयार रहेको बताए ।
पारोका प्रशिक्षक पुष्पलाल शर्माले टिमको संयोजन राम्रो रहेको उल्लेख गर्दै खेल रोचक बन्ने उल्लेख गर्नुभयो । गत वर्ष पनि पारो एफसी कप छनोट खेला खेल्न नेपाल आएको थियो । त्यतिबेला पारो मछिन्द्र क्लबसँग पारजित भएको थियो ।
















प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता
मेक्सिकोमा हराएका एक लाख ३० हजार मध्ये करिब ४० हजार अझै जीवित
Hetauda Cement Industry resumes clinker production
प्रहरी घेरा ताेडेर सिंहदरबार गेटमा पुगे एमालेका कार्यकर्ता
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रतिक्रिया