किन जफत भयाे राजपाल यादवको करोडौँकाे सम्पत्ति ?

काठमाडौं । बलिउड कलाकार राजपाल यादव यतिबेला समस्यामा परेका छन् ।
गत आइतबार अभिनेताको करोडौंको सम्पत्ति बैंकले जफत गरेको थियो । कारबाही गर्दै बैंकले सम्पूर्ण जग्गा सिल गरी त्यहाँ बैंक बोर्ड समेत लगाएको छ ।
वास्तवमा, राजपाल यादवले फिल्म ‘आता पता लपता’ बनाउनको लागि सन् २०१२ मा भारतको केन्द्रीय बैंकबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए । समयसँगै साँवा ब्याज नर्तिदा यो ऋण ११ करोड भारु पुगेको छ । ऋण तिर्न नसकेपछि आइतबार सेन्ट्रल बैंक अफ इन्डियाको बान्द्रा शाखाले कारबाही गर्दै शाहजहांपुरको कचरी ओभरब्रिज नजिकै रहेको सेठ इन्क्लेभमा रहेको ग्यारेन्टीमा राखेको जग्गा सिल गरेको छ ।
अधिकारीहरूले गोप्य रूपमा कारबाही गरे र सम्पूर्ण सम्पत्ति सिल गरेका हुन्। टाइम्सको रिपोर्ट अनुसार राजपाल यादवले मार्बल बिक्रेतालाई त्यो सम्पत्ति भाडामा दिएका थिए । अफिसरहरूले यसलाई यति हतारमा कब्जा गरे कि सम्पत्ती भित्र चलिरहेको कुलर पनि बन्द गरिएको थिएन।
















सवारी चालक अनुमतिपत्र छपाइ तीव्रगतिमा जारी
नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु
लेबनानमा भएको इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
‘टेलिकम प्याकेज’ सकिएपछि पनि सेवा निरन्तरतासम्बन्धी सुविधा ग्राहक आफैँले छनोट गर्नसक्ने
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया