मंगलबार, चैत १७, २०८२

छुरा हानेर गौरमा बृद्दाको हत्या

मेरोन्यूज २०८१ साउन ३१ गते ७:१३

रौतहट । रौतहटको सदरमुकाम गौर स्थित पेटमा चक्कु प्रहार गरी एकजना वृद्धको हत्या गरिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

गौर नगरपालिका -५ कोईरी टोलका ७४ बर्षीय अनुरुद महतोको पेटमा चक्कु प्रहार गरी हत्या गरिएको हो।

गएराति खाना खाएर आफ्नो घरमा सुतेका महतोको शव घर देखि २०० मीटर पर धानको खेतमा आज बिहान साढे ८ बजे देखिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्। स्थानीयले शव हेरेर प्रहरीलाई खबर गरेका थिए।

घटनाको खबर लगत्तै जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे सहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।
गौर स्थित झुलेंगेपुलको दक्षिण पट्टी धानको खेतमा भेटिएको मृतक अनुरूध महतोको पेटमा धारिलो हतियार प्रयोग भएको देखिएको एसपी घिमिरेले बताएका छन्।

मृतक महतो लागूऔषध गाँजा प्रयोग गर्ने मानिस भएकाले घटना गर्ने लागू औषध प्रयोगकर्ता हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको छ।

घटनामा संलग्न हालसम्म कोही पक्राउ पर्न
नसकेको तथा थप अनुसन्धान भइरहेको एसपी घिमिरेले जानकारी दिएका छन्। घटनामा संलग्न अपराधी चाँडै पक्राउ हुने प्रहरीले बताएको छ।

प्रतिक्रिया