मंगलबार, चैत १०, २०८२

घुससहित पक्राउ परेका यातायात कार्यालयका कम्प्युटर अधिकृतविरुद्ध मुद्दा दायर

मेरोन्यूज २०८१ साउन ३१ गते १८:३९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार चालक अनुमतिपत्रको अभिलेख नवीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु बीस हजार बराबरको घुस लिँदै गरेको अवस्थामा कम्प्युटर अधिकृत रेग्मी पक्राउ परेका थिए ।

आरोपी रेग्मीलाई बिगो बमोजिम कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया