सोमबार, चैत १६, २०८२

प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्री बर्माबीच भेटवार्ता

मेरोन्यूज २०८१ साउन ३२ गते १३:२६

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयका व्यवस्थापन र स्रोतसम्बन्धी उपराज्यमन्त्री रिचार्ड आर. बर्माबीच भेटवार्ता भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आफ्नो नेपाल भ्रमणको क्रममा बर्माले नेपाल सरकारका नेतृत्वकर्ता, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

प्रतिक्रिया