स्वास्थ्य शिविर सम्पन्न

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकामा चैत २० गतेबाट सञ्चालन भएको स्त्री रोगसम्बन्धी स्वास्थय शिविर शुक्रबार सम्पन्न भएको छ । वडा एकदेखि पाँचसम्म रहेको गाउँपालिकामा तालीम प्राप्त स्वास्थ्यकर्मीबाट ९८ को भिडियो एक्सरे र ६६ लाई इम्प्लान्ट सेवा प्रदान गरिएको थियो ।
गाउँपालिकाको आयोजनामा एक हप्तासम्म सञ्चालन भएको शिविरमा प्रत्येक वडामा पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको सोही गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले जानकारी दिए । वडा एक लाली स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवाबाट ३३ गर्भवती, इम्प्लान्ट १३, वडा दुई र तीन थाली, राया स्वास्थ्य चौकीमा भिडियो एक्सरे २५, इम्प्लान्ट सेवा २९ लाई प्रदान गरिएको छ ।
शिविरमा जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट खटिएका डाक्टर डियर गजमेर र सिनियर अनमी सरिता बोहराले गाउँमै पुगेर सेवा प्रदान गर्नुभएको थियो । साथै शिविरमा महिलाको पाठेघर, गर्भवती, परिवारनियोजनको अस्थायी साधन तथा अन्य स्त्रीरोगको परीक्षण, उपचार तथा परामर्श दिइएको शिविरमा खटिएका सिनियर अनमी बोहराले जानकारी दिए । ––– रासस

















काठमाडौं–५ का उम्मेदवार कांग्रेस महामन्त्री पौडेलको प्रतिज्ञापत्र सार्वजनिक
South Korea and Brazil sign deals on K-beauty, trade
गृहमन्त्री अर्यालसँग संयुक्त राष्ट्रसंघ नेपालका आवासीय संयोजकको भेट
Constitution amendment mandatory: Chair Yadav
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
प्रतिक्रिया