सङ्खुवासभामा स्वास्थ्यकर्मीमाथि कुटपिट

सङ्खुवासभा। सङ्खुवासभाको नागरिक आरोग्य सेवा केन्द्रका इन्र्चाजमाथि कुटपिट भएको छ । पाँचखपन नगरपालिका–२ टाइगरचोकस्थित सेवा केन्द्रका इन्चार्ज बैध ज्ञानेन्द्रप्रसाद शाहमाथि कुटपिट भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सङ्खुवासभाका प्रमुख रामप्रमोद चौधरीले जानकारी ए ।
शाहमाथि आइतबार दिउँसो कार्यालय परिसरमै पाँचखपन–२ का भीषण जिमीले कुटपिट गरेको उनले बताए। जिमीले इन्चार्ज शाहमाथि औषधि किन्ने बहानामा कार्यालय परिसरभित्रै कुटपिट गरेको आरोपित छ ।
घटनालगत्तै पीडित शाहले स्थानीय प्रहरी पोष्टमा उजुरी गरेकामा प्रहरीले आरोपित जिमीलाई सम्झाइबुझाइ छाडेको थियो । जिमीले सोही दिन राति पुनः शाहको कोठामा पुगेर धम्क्याएको पीडितको आरोप छ । शाहले आज इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
यहाँ स्वास्थ्यकर्मी र अन्य कर्मचारी कुटपिट तथा अभद्र व्यवहार हुन थालेको भन्दै कर्मचारीले सुरक्षाको माग गरिरहेका छन् । यसअघि गत साउन १५ मा नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय मादीका इन्चार्ज र एक कर्मचारीमाथि कुटपिट भएको थियो ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया