रोनाल्डोले युट्युब खाेलेकाे १९ घण्टामै १६ मिलियन सब्सक्राइबर

काठमाडौं । फुटबल स्टार क्रिस्टियानो रोनाल्डनोले युट्युब च्यानल खोलेको २४ घण्टा नपुग्दैँ १६ मिलियनभन्दा बढी सब्सक्राइबर कमाइ सकेका छन् ।
उनको युट्युब च्यानल (युआर क्रिस्टियानो) ले सबैभन्दा छिटो समयमा एक मिलियन (दश लाख) सब्सक्राइबर पार गर्दै नयाँ विश्व रेकर्ड बनाएको छ।
उनको युट्युब च्यानलले पहिलो ९० मिनेटमा एक मिलियन सब्सक्राइबर पार गरेको थियो। चार घण्टामा पाँच मिलियन सदस्य पुगेका थिए।
अहिले पनि उनका सब्सक्राइबर बढ्ने क्रम जारी छ। यो समाचार तयार गर्दासम्म सब्सक्राइबर १६ मिलियन पुगिसकेको छ।
यस्तै भ्यूजको पनि कीर्तिमान बन्ने क्रममा उनको च्यानलमा ४० मिलियन भ्युज पुगिसकेको छ।
रोनाल्डोले आफ्नो च्यानलले पाएको गोल्डन प्ले बटनको भिडिओ पनि अपलोड गरिसकेका छन् । उनले च्यानलको गोल्डन बटन आफ्ना बच्चाहरुलाई समर्पित गरेका छन् ।
रोनाल्डोको सामाजिक सञ्जाल एक्समा ११२.५ मिलियन, फेसबुकमा १७० मिलियन तथा इन्स्टाग्राममा ६३६ मिलियन फलोअर रहेका छन् ।













महाकाली सन्धिका तीन दशकः भारतले नछोड्दा मूल नहरमा बगेन पानी
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
एआईमा आधारित शिक्षण विधिको अभ्यास
सन् २०२५ मा १२८ पत्रकारको हत्या
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया