पशुमा कृत्रिम गर्भाधान गराउने किसानको सङ्ख्यामा वृद्धि

चितवन । जिल्लामा रहेका पशुपालक किसानमा कृत्रिम गर्भाधानतर्फ आकर्षण बढ्दै गएको छ । पशु सेवा कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा पशुलाई कृत्रिम गर्भाधान गराउने किसानको सङ्ख्यामा वृद्धि भएको हो ।
कार्यालयका अधिकृत भीम भट्टका अनुसार गत आर्थिक वर्षमा ६६ हजार चार सय ७५ वटा पशु चौपायामा कृत्रिम गर्भाधान गराइएको छ । जसमा ५९ हजार नौ सय ३२ गाई, छ हजार दुई सय ८१ भैँसी, दुई सय ६२ बाख्रामा कृत्रिम गर्भाधान गराइएको छ । अघिल्लो आव २०७९र८० मा ६१ हजार आठ सय ९५ पशुमा कृत्रिम गर्भाधान गराइएको थियो । सो आवमा ५६ हजार पाँच सय ९४ गाई, पाँच हजार एक सय ६९ भैँसी र एक सय ३२ बाख्रामा कृत्रिम गर्भाधान गराइएको थियो ।
उनका अनुसार जिल्लामा पशुपालक किसानको सङ्ख्यामा वृद्धि भएपछि कृत्रिम गर्भाधानको सङ्ख्या पनि वृद्धि भएको हो । किसानले राँगो र साँढे पाल्ने प्रचलन घट्दै जाँदा कृत्रिम गर्भाधान गराउने पशुको सङ्ख्या बढेको हो। भट्टले भने, “जिल्लामा भैँसीमा कृत्रिम गर्भाधान गराउनेको सङ्ख्या उलेख्य रूपमा बढ्न सकेको छैन ।” भैँसीले गर्भाधान गर्ने समय किसानलाई थाहा नहुने भएकाले भैँसीको कृत्रिम गर्भाधान कम हुने गरेको उनको भनाइ छ ।
गाई, भैँसीले गर्भाधानका लागि गोरु, राँगा खोजेको समयमा १२ घण्टा देखि १८ घण्टाभित्र गर्भाधान गराउनुपर्ने हुन्छ । सो समयमा भैँसीलाई गर्भाधान गराउन कठिन हुने हुँदा अहिले पनि किसानले राँगो लगाउने गरेको भट्टले बताए । उनले भने, “भैँसी चरनका लागि लैजाने क्रममा राँगो लाग्ने हुँदा पनि भैँसीको सङ्ख्यामा कमी आएको हो ।” जिल्लामा हाल ९२ हजार दुई सय ५६ गाई, ७२ हजार दुई सय भैँसी र तीन लाख बाख्रा पालिएको पशु कार्यालयको तथ्याङ्कमा उल्लेख छ।















कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने
एथर रिज्टा एस नेपालमा सार्वजनिक, कति छ मूल्य ?
क्यूआर स्क्यानमा लाखौँका प्राइज
महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी क्यालेन्डर २०८३’को डिजिटल संस्करण सार्वजानिक
नेपाल पत्रकार महासङ्घको स्थापना दिवसमा ५२ जनाले गरे रक्तदान
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
प्रतिक्रिया