श्रद्धा कपुर बनिन् इन्स्टाग्राममा धेरै पछ्याइने दोस्रो भारतीय

काठमाडौँ । बलिवुड अभिनेत्री श्रद्धा कपुर बलिउडकी सफल अभिनेत्री हुन् । हालै रिलिज भएको फिल्म ‘स्त्री २’ को सफलतापछि श्रद्धा कपुर लगातार चर्चामा छिन् ।
हालै उनले इन्स्टाग्राम फलोअर्सको मामिलामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई उछिनेर अहिले चर्चामा आएकी छन् ।
मोदीलाई उछिनेसँगै श्रद्धा अब इन्स्टाग्राममा सबैभन्दा धेरै फलो हुने दोस्रो भारतीय बनेकी छिन् । श्रद्धा कपुरका इन्स्टाग्राममा ९२ मिलियन फलोअर्स पुगेका छन् । जबकी प्रियंका चोपडाका ९१.८ मिलियन फलोअर्स रहेका छन् ।
अहिलेसम्म प्रियंका चोपडा यस मामिलामा बलिउड स्टारहरूमा सबैभन्दा अगाडी रहेकी थिइन् । तर अहिले श्रद्धाले उनलाई पछि पार्दै पहिलो नम्बरमा आफ्नो स्थान बनाएकी छिन् । अब श्रद्धाभन्दा बढी क्रिकेटर विराट कोहलीका इन्स्टाग्राममा सबैभन्दा फलोअर्स रहेका छन् । विराटका इन्स्टाग्राममा २७० मिलियन फलोअर्स रहेका छन् । विराट इन्स्टाग्राममा सबै भन्दा बढी फलोअर्स भएका भारतीय हुन् ।
रिपोर्टका अनुसार फिल्म स्त्री-२ रिलिज हुनुअघि श्रद्धा कपुरका इन्स्टाग्राममा करिब ९० मिलियन फलोअर्स थिए । तर फिल्म हलमा रिलिज भयो र दर्शकको अपार समर्थन पायो । फिल्मले बक्स अफिसमा मात्र सफलता हासिल गरिरहेको छैन, अभिनेत्री श्रद्धाका फलोअर्स समेत बढेका छन् ।
स्त्री-२ ले भारतीय बक्स अफिसमा मात्र ३६० करोड कमाई गरिसकेको छ ।










मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ
कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
शंकर पोखरेल र महेश बस्नेत आउने भएपछि बारामा विरोध प्रदर्शन, ‘कर्फ्यू’ आदेश जारी
ताप्लेजुङको तेम्बा बजारमा आगलागी, एक करोड १८ लाखभन्दा बढीकाे क्षति
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया