बागमती प्रदेशका पर्यटन मन्त्री निवासमा आगलागी
मेरोन्यूज
२०८१ भदौ ९ गते २१:०७

मकवानपुर । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीको निवासमा आज साँझ आगलागी भएको छ ।
मन्त्री बस्ने भवनको माथिल्लो तलामा रहेको सभाहलमा आगलागी हुँदा इन्भर्टर ब्याट्री चार थान, पावर सप्लाइ बक्स, वाइफाइ राउटर, गलैचा, जिप्सन बोर्डमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आइतबार साँझ ७ं बजेर ४० मिनेट जाँदा आगलागी सुरु भएको र ७ बजेर ५५ मिनेटमा निभाइएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
आगलागी हेटौंडा उपमहानगरको वारुणयन्त्र प्रयोग गरिएको थियो । विद्युत सर्ट भएका कारण आगलागी भएको प्रहरीले जनाएको छ । हेटौंडा–९ लामसुरेस्थित हेटौंडा सिमेन्ट उद्योगको कर्मचारी आवासलाई नै मन्त्री निवास बनाइएको थियो ।
सम्बन्धित
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया