सोमबार, चैत १६, २०८२

पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक अवरुद्ध

मेरोन्यूज २०८१ भदौ १० गते २०:४६

बागमती । वर्षासँगै खसेको पहिराका कारण आज दिउँसोदेखि हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित सिस्नेरी कुलेखानी फर्पिङ काठमाडाै सडकखण्डमा वर्षाका कारण लेदो खसेर बाटो पूर्ण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

कान्तिलोकपथस्थित मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटार सडकखण्डमा पनि वर्षासँगै खसेको लेदोसहितको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध भएका दुवै सडकमा पहिरो हटाउने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

प्रतिक्रिया