एकीकृत समाजवादीको निर्वाचन अपराह्न २ बजेदेखि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले निर्वाचनका लागि उम्मेद्वारको नाम दर्ता बिहानदेखि सुरु गरेको छ ।
पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य छनोटका लागि निर्वाचन गर्न लागेको पार्टीले उम्मेदवारी दर्ताको प्रक्रिया सकिएपछि दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम सम्पन्न गर्ने कार्य तालिका छ ।
अपराह्न २ देखि ५ बजेसम्म मतदानको व्यवस्था गरिएको छ । मतदानलगत्तै मतगणना गरी परिणाम आजै साँझसम्म घोषणा गर्ने केन्द्रीय सदस्य ताज मोहम्मद मियाँले जानकारी दिए । वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, चार उपमहासचिव, सात सचिव गरी १८ पदमा पदाधिकारी र बाँकी पोलिटब्यूरो सदस्यका छनोटका लागि निर्वाचन गर्न लागिएको हो ।
पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । केन्द्रीय कमिटीको सदस्यले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने छन् । सचिवालय सदस्य, स्थायी समिति सदस्यलगायत विभागका संरचना केही दिनपछि निर्माण गर्ने जनाइएको छ ।
केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् । पदाधिकारीको टुङ्गो लगाउन पार्टीको यही भदौ ९ गतेदेखि आजसम्म केन्द्रीय कमिटी बैठकसमेत चलेको छ । केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् । उम्मेदवारी दर्ता गराएका नेताहरुले प्रचारप्रसार तथा आफ्ना मतदाताप्रति मत माग्न व्यस्त छन् ।
















यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
आजको मौसम : यी प्रदेशमा बर्सात हुने
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया