मेरो क्यारियरको अन्त्य अल नासरमै हुनेछ- रोनाल्डो

काठमाडौँ । सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफुले अल नासरबाटै सन्यास लिने बताएका छन् ।
३९ बर्षिय रोनाल्डोले पोर्चुगलको च्यानलसँग कुरा गर्दैआफुले केहि बर्षमा सन्यास लिने बताउदै रोनाल्डोले सम्भवत आफ्नो अन्तिम क्लब अल नासरनै हुने बताएका छन् ।
रोनाल्डोले आफु अल नासरमा खुशी रहेको बताउदै साउदी लिग र देश दुवैमा आफु खुशीसाथ बसिरहेको प्रतिक्रिया दिएका छन् ।
रोनाल्डोले भनेका छन्- ‘मलाई थाहा छैन मैले कहिले सन्यास लिन्छु । त्यो छिट्टै, दुई-तीन बर्षपछि पनि हुन सक्छ । तर यो अल नासरमै हुनसक्छ । यो टिमसँग म अहिले खुशी छु । म लिग र देश दुवैसँग अहिले खुशी छु । त्यसैले मैले मेरो क्यारियर अल नासरमै अन्त्य गर्नेछु ।’
साथै रोनाल्डोले आफु भविष्यमा कुनै फुटबल टिमको प्रशिक्षक बन्ने कुरालाई अस्वीकार गरेका छन् । रोनाल्डो कुनै पनि फुटबल टिमलाई व्यवस्थापन गर्ने विषय जटिल विषय भएकोले आफुले अहिलेसम्म यस बारेमा नसोचेको बताएका छन् । उनले भनेका छन्- मेरो दिमागमा, म कुनै फुटबल टिमको मुख्य प्रशिक्षक बन्ने कुरा नै छैन ।’
साथै रोनाल्डोले आफुले भविष्यमा फुटबल भन्दा बाहिर नै केहि गर्ने बताएका छन् ।
२०२३ को जनवरीमा साउदी प्रो लिग क्लब अल नासरमा आएका रोनाल्डोले अहिलेसम्म कुनै ट्रफी नजितेपनि आफ्नो खेलबाट प्रभावित भने पारिरहेका छन् । उनले अल नासरका लागि अहिलेसम्म ६७ खेल खेल्दै ६१ गोल गरेका छन् भने १६ गोल असिस्ट गरेका छन् ।
















बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास
पूर्वप्रधानमन्त्री ओलीलाई राखियो टिचिङ अस्पतालको ‘रेड जोन’मा
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
प्रतिक्रिया