प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त
मेरोन्यूज
२०८१ भदौ १२ गते १२:५९

काठमाडौँ । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देलाई प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राष्ट्रपतिले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा सिग्देल हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका छन् ।
सम्बन्धित
प्रतिक्रिया