प्रचण्डलाई योगेशकाे प्रश्न- कुन कानुनमा टेकेर विद्युतको १६ अर्ब बक्यौता छुट दिनुभयो ?
मेरोन्यूज
२०८१ भदौ १२ गते १५:००

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डेडिकेटेड फिडर र ट्रक लाइन महसुस विवादमा संसदमा बोलेको कुरालाई जवाफ दिँदै उल्टै स्पष्टीकरण दिनुपर्ने माग गरेका छन् ।
भट्टराईले विद्युतको १६ अर्ब छुट दिएको आरोपमा प्रतिनिधिसभाले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई स्पष्टीकरण सोध्नुपर्ने बताएका हुन् ।
‘२१ अर्ब ८८ करोड बक्यौता छ । एक पैसा पनि बाँकी नराखी उठाउनुपर्छ भनेर हामीले भनिरहेका छौं । प्रचण्ड प्रधानमन्त्री भएपछि उहाँले हल गर्नको लागि उहाँले गएको वैशाख २७ गते प्राधिकरणलाई बक्यौतालाई ६ अर्बमा झारेर १६ अर्ब मिनाहा गर्ने आशयको पत्र लेख्नुभयो । तपाईंले कुन कानून र अधिकारको प्रयोगले १६ अर्ब छुट दिने निर्णय गराउनुभयो ?’ उनले भने ।
उनले विद्युत्को सबै बक्यौता कानून अनुसार उठाउनुपर्ने एमालेको मत रहेको सुनाए ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया